अर्थ/वाणिज्य
भाँसी पुर्व अधिकृत लिम्बुको घरमा चोरी
कञ्चनपुर । कञ्चनपुरको भाँसी महेन्द्रनगरका एक स्थानीयको घरमा चोरी भएको छ । भीमदत्त नगरपालिका ३भाँसी पुर्व अधिकृत गौराज बहादुर लिम्बुको घरमा चोरी डकैती भएको हो । चोरी गर्ने समुहले लिम्बुको घरमा कोही नभएको मौका छोपेर लिम्बुको घरबाट गरगहना, सुनचाँदी नगद सहितका भौतिक समाग्री चोरी गरेर लगेका छन ।
पारिवारिक स्रोतका अनुसार तीन तोला सुन, चाँदी नगद १लाख रुपैया सहितका अन्य भौतिक समाग्री चोरी गरेर लगेका हुन । चोर समुहले घरमा तोडफोड समेत गरेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेक बहादुर रावतले चोर समुहको खोजी भईरहेको बताए । प्रवक्ता रावतले चोरी डकैती लक्षित गरेर जिल्लाभरी प्रहरी परिचालन गरिएका छन ।