राष्ट्रिय
एसपी अगुर जिसीलाई पूर्ण शान्ति पदक
कञ्चनपुर । नेपाल प्रहरीका उच्च काबिल एक अफिसरलाई पूर्ण शान्ति पदक पाईएको छ ।
प्रहरी उपरीक्षक(एसपी) जिसीलाई पूर्ण शान्ति पदक पाईएको हो ।
शक्रबार ७१औँ प्रहरी दिवसको अवसरमा एसपी जिसीलाई नेपाल प्रहरी काठमाण्डौँ प्रधान कार्यालयले उच्च पुरस्कृत गरेको जनाएको छ ।
एसपी जिसीलाई प्रोफेसनल पुलिसिङ्गको उच्च मुल्याङकन गरेर पूर्ण शान्ति पदकबाट पुरस्कृत गरिएको जनाएको छ । बाँके जिल्ला प्रहरी कार्यालय प्रमुख कमाण्ड सम्हालेका एसपी जिसीलाई प्रहरी महानिरीक्षक(आईजिपी) दान बहादुर कार्की र गृहमन्त्री सुदन गुरुङ्गले प्रमाण पत्र हस्तान्तरण गरेका छन । गृहमन्त्री गुरुङ्ग र आईजिपी कार्कीले नगदका साथै पुरस्कृत गरिएको छ । यस अघि पनि एसपी जिसीले पटक पटक व्यक्तिगत एव संस्थागत रुपमा पुरस्कार पाएका छन । प्रहरीको उच्च ईमान्दार, अनुसन्धानमा पूर्ण दखल राख्दै जहाँ खटियो त्यहाँको अनुसन्धान, शान्ति सुरक्षामा प्रभावकारी कामकाज गर्दै आएका छन । पुरस्कृत भएसंगै एसपी जिसीले थप काममा उर्जा थपिदिएको बताए । प्रहरी संगठनले एसपी जिसीलाई उच्च सम्मान पुरस्कार वितरण गरेपछि सिङ्गो प्रहरीदेखि नागरिक समाज समेत उत्साहित भएका छन । प्रहरी त अगुर सिजी जस्तो भन्दै ठाँउ समाजमा चर्चा परिचर्चा गरिरहेका छन ।