राष्ट्रिय
विशाल सामुदायिक वनको १९औँ बार्षिक साधारण सभा ः वन सरक्षणदेखि उपभोक्ताको हकहितका कार्यक्रम
कञ्चनपुर । कञ्चनपुरको उत्तरी चुरेसंगै जोडिएको एक सामुदायिक वनको बार्षिक साधारण सभा सम्पन्न भएको छ । कृष्णपुर नगरपालिका १ निगालीको विशाल सामुदायिक वन उपभोक्ता समुहको १९ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । जिल्लाको उत्तरी चुरे भेगमा रहेको उक्त सामुदायिक वनले सरक्षणका थुप्रै काम गरेपछि वनको बृद्धि विकासदेखि बन्यजन्तुको आवागमन बढ्दै गएको जनाएको छ ।
कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेका विशाल सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शुचित्र शाहले सामुदायिक वनमा थुप्रै सरक्षणका कार्यक्रम संचालन गरिएको बताए ।अध्यक्ष शाहले सामुदायिक वन विकास सरक्षण, व्यवस्थापनका कार्यक्रम संचालन गरिनेछन । फायरलाईन, झाडी सफाई, वियजशाल प्लान्ट निर्माण, कर्मचारी बीमा, भुक्षय रोकथाम, खेलकुद, संस्कृति सरक्षण, बन्तुजन्तु हानीनोक्सानी कोष निर्माण गरिनेछ ।
यस्तै विपन्न वर्ग, महिला, दलित आदिवासी जनजाती उपभोक्ता लक्षित कार्यक्रम संचालन गरिनेछन । आर्थिक बर्ष ०८३÷०८४का लागि एक करोड, २४लाख, ८१ हजार, ९८६रुपैया बराबरको बजेट प्रस्तुत गरिएको छ । कार्यक्रममा जनप्रतिनिधी, सरक्षणकर्मीदेखिको सहभागिता रहेको थियो ।