स्थानीय खबर
सशस्त्र प्रहरीको अल्फा कुकुरले मुखभित्र लुकाएको ब्राउन सुगर पत्ता लगायो
कञ्चनपुर । सशस्त्र प्रहरी बलको लेब्राडोर अल्फा फिमेल कुकुरले मानिसको मुखभित्र लुकाएर राखेको लागु औषध पत्ता लगाएको छ ।
पश्चिम सीमा नाका कञ्चनपुरको गड्डाचौकीबाट नेपाल भित्रिन लागेको अवस्थामा मानिसको मुखभित्र लुकाएर राखेको लागु औषध पत्ता लगाएको हो ।
आईतबार बिहान १०ः३० बजेतिर सशस्त्र प्रहरी बलको लेब्राडोर अल्फा फिमेल कुकुरले कैलालीका एक युवकले मुखभित्र लुकाएर नेपाल भ्रित्राउन लागेको खैरो हिरोईन(ब्राउनसुगर) पत्ता लगाएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल ३५नम्बर शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरीका एसपी प्रेमप्रकास सिग्देलले चेकजाँचका क्रममा कुकुरले सकेत गरेपछि चेकजाँच गर्दा घोडाघोडी नगरपालिका ६ अस्नेराका २४ बर्षिया युवक बिक्रम मिजारको मुखमा लुकाईराखेको ०.१६ग्राम खैरो हिरोईन बरामद गरेको बताए । थप कार्बाहीका लागि सशस्त्र प्रहरीले मिजार सहित लागु औषध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पठाएको छ । दशैँ, तिहार लक्षित गरेर सशस्त्र प्रहरीले शनिबारदेखि गड्डाचौकीमा तालिमप्राप्त दुई कुकुर सहित सीमा क्षेत्रमा चेकजाँच गरिरहेको छ । कुकुर मार्फत सशस्त्र प्रहरीले नेपाल भित्रिने मानिसदेखिका समानमा चेकजाँच गरिरहेको छ । यसैविच महेन्द्रनगर क्याम्पस रोडको एक पसलबाट नेपाल प्रहरीले अवैध समान बरामद गरेकोछ । गल्ली नम्बर ५ क्याम्पस रोडको श्रीराम टे«र्डसबाट प्रहरीले भन्सार चोरीछली गरेका अवैध समान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेक बहादुर रावतले भन्सार नकाटेका झण्डै अढाई लाखका समान बरामद गरेर भन्सार बुझाएको बताए । प्रहरीले भन्सार चोरीछलीका गरेका अवैध समान बरामद गर्दै भन्सार बुझाएपछि कतिपय व्यवसायीले यसलाई प्रहरीको उक्त कार्बाहीलाई कानून कार्यान्वयन भनिरहेका छन, भने कतिपयले सीमा क्षेत्रमै कडाई गर्नुपर्ने यसरी व्यवसायीकै गोदाम घरमै पुगेर त्रसित पार्ने काम बन्द गर्नुपर्नेमा जोडदिएका छन । कतिपय व्यवसायीहरुले विगतमा प्रहरीले यसरी अवैध समानको कारोबार गर्नेमाथि महिनावारी लिने अनि दिनेमाथि चुपचाप नदिनेमाथि बरामद गर्दै आएका टिकाटिप्पणी गरिरहेका छन । जिल्लाका अन्य क्षेत्रबाट समेत अवैध समान बरामद गरेर भन्सार चलान गरेको छ ।