स्थानीय खबर

जेनजी युवा अभियन्ता श्रेष्ठद्वारा विपन्न समुदायलाई खाद्यान्न

कञ्चनपुर । कञ्चनपुरका जेनजी युवा अभियन्ता सुजित श्रेष्ठको पहलमा जिल्लाका विपन्न समुदायलाई खाद्यान्न सहयोग गरिएको छ । जेनजी युवा अभियन्ता श्रेष्ठले भीनपा ७, १५, १८ सहित साहरा सुधार केन्द्र महेन्द्रनगरमा खाद्यान्न वितरण गरेका हुन । अभियन्ता श्रेष्ठले चालम, दाल, तेल, चिउरा, चाउचाउ सहितका खाद्यान्न वितरण गरेका छन । दशैँका बेला आवश्यक चाहिने बस्तुको अभाव हुन नदिने समाग्री वितरण गरेको जनाएको छ । यसरी युवा जेनजी अभियन्ताबाट सहयोग पाएपछि विपन्न समुदाय हर्षित भएका छन ।

प्रतिकृया दिनुहोस