स्थानीय खबर
फेरी आरक्षपीडितद्वारा सरकारको ध्यानाकर्षण
प्रकाशित
कञ्चनपुर । कञ्चनपुरका आरक्षपीडितले फेरी पुर्नस्थापनाको माग अघि सारेर सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन । बिहीबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका हुन । आरक्षपीडित संघर्ष समितिका सहसचिव कृष्णदत्त भट्टले नयाँ सरकार बनेको ६ महिना वितिसक्दा पनि आफुहरुका विषयमा कुनै सुनुवाई नभएपछि सुझाव सहित सरकारलाई ज्ञापन पत्र बुझाएको बताए । आरक्षपीडित पीडित संघर्ष समितिका अध्यक्ष जय रोकायाले पीडितलाई न्याय दिन आग्रह गरेका छन ।