स्थानीय खबर

यात्रुबहाक बसमा युवतीमाथि दुव्र्यवहार गर्ने कञ्चनपुरका तीन युवक पक्राउ

कञ्चनपुर । यात्रु बहाक सवारी साधान(बस)मा युवतीमाथि दुव्र्यवहार गर्ने कञ्चनपुरका तीन युवक पक्राउ परेका छन । १७ कार्तिक (मंगलबार) काठाण्डौँदेखि महेन्द्रनगर आएको महाकाली बहुउदेश्यीय यातायात कम्पनीको सुपप्र ०२–००१ख १५६५ नम्बरको बसमा सवार युवतीलाई दुव्र्यवहारको आरोपमा भीमदत्त नगरका तीन युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेक बहादुर रावतले युवतीले लिएको निवेदनका आधारमा भीमदत्त नगरपालिका ९ मटैनाका २४ बर्षिया अनिल नाथ योगी, २१ बर्षिया समिर विष्ट र भीनपा १०तिलकेनीका २१ बर्षिया जिवन बमलाई पक्राउ गरिएको बताए ।

‘युवतीले आफुमाथि बसभित्र दुव्र्यवहार भएको निवेदनका दिएपछि हामीहरुले उनीहरु तीनै जनालाई नियन्त्रणमा लिएका छौँ, ‘प्रवक्ता रावतले भने, ‘अब भोली युवतीले के जाहेरी ल्याउँछन, त्यही आधारमा मुद्दा चल्छ ।’ उक्त सवारी बसमा युवतीमाथि दुव्र्यवहार गरेको सिसिटिभी फुटेज सार्वजनिक भएपछि प्रहरीले चासो दिएको छ ।

प्रहरीका अनुसार काठमाण्डौँबाटै सोही बसमा चढेका तीनै युवकले मदिरा सेवन गरेर बसभित्रै धार्केबाट होहल्ला गरेर युवतीलाई लक्षित गर्दै अपशब्द प्रयोग गर्नुका साथै अभद्रं व्यवहार गरेको भिडियोमा देखिन्छ । बसमा सवार अन्य यात्रुले सम्झाईबुझाई गर्दा समेत उनीहरुले मानेका थिएनन, उक्त गतिबिधी सबै बसकै सिसिटीभिमा कैद भएसंगै सार्वजनिक भएको थियो ।

सार्वजनिक यातायातमै यसरी अर्कालाई डिस्टर्ब हुने गरेर होहल्ला गर्ने अनैतिक हर्कत गर्ने घटनाको छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिएको छ । कञ्चनपुर प्रहरीले घटनाको अनुसन्धान गरेर दोषि उपर कार्बाहीको पीडितलाई आवस्थ पारेको छ । भने, सार्वजनिक यातायातमा कुनैपनि यात्रु व्यक्तिले अर्का यात्रुलाई दुव्र्यवहार मात्रै होईन समान्य डिस्र्टब गर्न नहुने विषय उठिरहेको छ ।

प्रतिकृया दिनुहोस