स्थानीय खबर

कञ्चनपुरका शिक्षक नेता जोशी हिसान सुप प्रदेशको महासचिवमा निर्बिरोध

कञ्चनपुर । कञ्चनपुरका एक शिक्षक अगुवा नेता माध्यामिक विद्यालय शिक्षक यूनियन नेपाल(हिसान) सुुदूरपश्चिम प्रदेशको महासचिवमा निर्बिरोध निर्वाचित भएका छन । बिहीबार कैलालीको धनगढीमा सम्पन्न भएको माध्यामिक विद्यालय शिक्षक यूनियन नेपाल(हिसान) सुुदूरपश्चिम प्रदेशको तेस्रो अधिवेशनबाट डम्बर दत्त जोशी महासचिवमा निर्बिरोध निर्वाचित भएका हुन ।

साविक उच्च माध्यामिक तहमा शिक्षण गर्दै आएका शिक्षकहरुको साझा संगठन हिसानको मुख्य सर्वसम्मत जिम्मेबारी पाएका जोशीले आम शिक्षकको हकहितका साथै पेशागत सुरक्षाका साथ गर्दै शिक्षा क्षेत्रमा सुधारका कार्यक्रम गर्ने गराउने प्रतिबद्धता जोहर गरेका छन ।

कञ्चनपुर दोधाराचाँदनीको भानु माध्यामिक विद्यालय एव भानु बहुमुखी क्याम्पसमा कार्यरत जोशी पछिल्ला दुई दशकदेखि शिक्षकको हकहितमा काम गर्दै आएका छन । उनले आफुलाई विश्वास गरेर जिम्मेबारी दिने शिक्षकप्रति आभार प्रकट गर्दै विश्वास अनुरुप कामकाज गर्ने प्रतिज्ञा गरेका छन ।

प्रतिकृया दिनुहोस