राष्ट्रिय
दुर्घटनामा परी घाईते अटो मजदुर ललित ठगुन्नाको उपचारमा आर्थिक समस्या
कञ्चनपुर । सवारी दुर्घटनामा परेर कञ्चनपुर बेलडाँडीका अटो चालक मजदुर ललित सिह ठगुन्नाको उपचारमा आर्थिक समस्या भएको छ । शुभ दिपावलीकै दिन दैजी बेलडाँडी हुलाडी सडकखण्डमा अटो र स्कुटी एक आपसमा ठोकिएर दुर्घटना भएका थिए ।
बेलडाँडी गाँउपालिका १ सिद्धचोकका ४५ बर्षिया ललित सिह ठगुन्नाको टाउको सहितका शरिरका विभिन्न भागमा गहिरो चोट लागेको थियो ।
दैनिक अटो चलाएर गुजारा चलाउँदै आएका अटो मजदुर ठगुन्नाको उपचारका लागि समस्या भएको छ ।
उनको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भईरहेको छ । घर परिवारले आर्थिक अभावका कारण उपचारमा समस्या भएको बताएका छन ।
चिकित्सकले टाउकोमा गम्भिर चोट लागेकाले थप उपचारका लागि काठमाण्डौँ लैजानुपर्ने सुझाव दिएको भएपनि पैशा नहुँदा अस्पतालमै उपचार गराउन बाध्य भएको घर परिवारले जनाएको छ ।
घर परिवारले समाजिक सञ्जाल फेसबुक मार्फत उपचारमा सहयोगका लागि आब्हान समेत गरेको छ । घाईतेका दाजु करबिर सिह ठगुन्नाले अटो चलाउनुका साथै कृषि गरेर गुजारा चलाउँदै आएको र तिहारकै दिन दुर्घटना भएपछि घर परिवारमा सन्नटा छाएको बताए ।
‘हाम्रो घरसायी आर्थिक अवस्था सबैलाई थाहै छ, ‘अटोमा सवार अन्य यात्रु र स्कुटीमा सवार दिनेश खाती र उनका छोरा बाबुको उपचारमा समेत हामीले चिन्ता व्यक्त गरेका छौँ, ‘उनले भने, ‘हाम्रो अवस्था यस्तै छ, भगवान दाईना हुँदा सबै सकुसल नै छन ।’
मजदुरको हक अधिकारका लागि कराउनेदेखि चुनवाका बेला मुद्दा लिएर घर घर धाउने दल, तिनका नेता कार्यकर्ताहरुले आफुहरुको पीडामा मलम लगाउने काम नगरेको उनको दुखेसो छ । उता स्कुटी चालक दिनेश खातीका नाबालक छोराको समेत खुट्टामा गहिरो चोट लागेको छ । खातीले पनि अथकको उपचार भईरहेको र थप उपचारका लागि एक पटक काठमाण्डौँ देखाउनुपर्ने चिकित्सकले सुझाव दिएको बताए । दल, मजदुर संघ संगठनले ललितको उपचारमा चासो समेत नदिएपनि उनीहरुकै सहकर्मी बेलडाँडीकै अटो चालकहरुले एक आपसमा चिया खाजा खर्च बाफत एक आपसमा केही रकम सकलन गरेर सहयोग गरेका छन ।
२५ कार्तिक बुधबार बिहातिर दैजीदेखि बेलडाँडी आँदै गरेको सुपप्र ०२–००४प ६५६५नम्करको स्कुटर र बेलडाँडीदेखि दैजी जान लागेको भीनपा ००१ह५२२नम्बरको हटो टोकिदा अटो चालक ठगुन्ना, स्कुटर चालक बेलडाँडी २कै दिनेश खाती उनका ६ बर्षिया नाबालक छोरा अथक खाती, अटो चालककै छोरा हिक्मत ठगुराठी, शुशिला ठगुराठी, आशिका ठगुराठी, शोभा डाँगा घाईते भएका थिए । घटनाका अधिकाँस घाईते उपचारपछि घर फर्किनेक्रम जारी रहेको र अटो चालक ललित र स्कुटी चालक खातीका छोराको उपचार जारी रहेको छ । अटो र स्कुटी चालक घर परिवारदेखि आफन्तहरुले हुनुनहुने घटना भयो, तर ठुलो क्षतिबाट जोगिएकाले अहिले तत्तकालका लागि घाईतेको उपचारमा ध्यान दिनुपर्नेमा सुझाव दिईरहेका छन ।