अर्थ/वाणिज्य

रोजगार सुचना केन्द्रद्धारा भिमदत्तका १० वटा वडामा ‘रोजगार मेला २०७५’ सम्पन्न 

भिमदत्तनगरपालिकाका विभिन्न स्थानहरुमा रोजगार सूचना केन्दको आयोजनामा ‘रोजगार मेला २०७५’ शुरु भएको छ । सुदुरपश्चिम प्रदेश रोजगार प्रर्वद्धन तथा गरिबी न्युनिकरण उपशाखा (रोजगार सूचना केन्द्र) ले शुक्रबार भिमदत्तनगरपालिकाको वडा नम्बर १९ बाट शुभारम्भ  गरेको उत्त मेला भिमदत्तका अन्य वडाहरुमा पनि सुरु भएको हो । रोजगार सुचना केन्द्रले सोमबार नगरपालीकामा ५ वटा वडामा प्रचारप्रसार कार्याक्रम सम्पन्न गरेको जनाएको छ । 
रोजगार सुचना केन्द्रका नायव सुब्बा मनोज प्रसाद भट्टका अनुशार भिमदत्तनगरपालीकाका बिभिन्न ५ वटावडाहरुमा आज रोजगार मेलाको बारेमा प्रचार प्रसार गरिएको छ । उनले भिमदत्त नगरपालीका वडा नम्बर ५ , ११ , १२ , १४ र १६ मा उत्त कार्यक्रम सम्पन्न गरेको जानकारी दिएका छन् । वडा नम्बर ५ मा गरिएको कार्यक्रमका सभापति तथा वडा अध्यक्ष मदन बहादुर चन्दले रोजगारमेलाले बेरोजगारहरुको लगत सँकलन गरि रोजगार उपलब्ध गराउनमा सहयोग गर्ने उल्लेख गर्दे वडा बासिहरुमा छिट्टै बेरोजगारहरुलाई सरकारले रोजगारको व्यस्थामिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 
नायव सुब्बा भट्टका अनुशार सोमबार भिमदत्त नगरपालीका वडा नम्बर ११ मा पनि रोजगारमेला सम्पन्न भएको छ । कार्यक्रमका सभापति तथा वडा अध्यक्ष प्रेम प्रसाद जैसि रहेका थिए । कार्यक्रममा बोल्दै सभापति जैसिले वडा स्तरबाट हुने सहयोग गर्न आफु तयार रहेको बताउदै वडा बासिहरुमा सिपमुलक तालीम सिक्न आग्रह गरेका छन् । उनले कुन तालीम उपयुक्त लाग्छ त्यसको बारेमा प्रस्ताव राख्न आग्रह गर्दै उत्त तालीमहरुको व्यवस्था गर्न आफुले भ्याएभर तत्पर रहेको बताए । त्यस्तै वडा नम्बर १२ मा पनि रोजगार मेलाको आयोजना गरिएको छ । वडा नम्बर १२ गरिएको प्रचार प्रसार कार्यक्रमका सभापति वडा अध्यक्ष कृष्ण सिह देउवा रहेका थिए । उनले सम्पुर्ण वडा बासिहरुमा स्वरोजगार बन्न आग्रह गर्दे वडा कार्यालयले स्थानियहरुका माग अनुशारका प्राविधिक तालीमहरु दिन तयार रहेको बताएका छन् । उनले स्वदेशमा नै रोजगार गरि समाजलाई लगाडि बढाउनु पर्नैमा जोड दिएका छन् ।  
त्यस्तै रोजगार सुचना केन्द्रले भिमदत्तनगरपालीकाको वडा नम्बर १६ मा रोजगारमेला सम्पन्न गरेको छ । कार्यक्रमका सभापति तथा वडा अध्यक्ष सुरेन्द्र बिष्टले खालीकोहि नबस्न आग्रह गर्दै रोजगार गर्नैलाई स्थानियस्तरमै अनेक कामहरु मिल्ने बताए । रोजगार सुचना केन्द्रका नायव सुब्बा भट्टका अनुशार सोेमबारनै वडा नम्बर १४ मा पनि रोजगारमेला सम्पन्न भएको छ । 
कार्यक्रमका सभापति तथा वडा अध्यक्ष उत्तम बहादुर बिष्टले रोजगारसुचना केन्द्रले वडा वडाहरुमा गई बेरोजगारहरुको अबस्था बुझिरहेका  प्रति आभार व्यक्त गर्दै वडाका बासिन्दाहरुका मागका आधारमा आगामि दिनमा वडामनै प्राविधिक तालीमहरुको व्यस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । गत साताको शुक्रबार बाट सुरु भएको रोजगार मेलाको उद्धघाटन भिमदत्त नगरपालीकाका नगरप्रमुख सुरेन्द्र बिष्टले वडा नम्बर १९ को कार्यालयमा मेला कार्यक्रमको उद्धघाटन गरेका थिए । रोजगार सुचना केन्द्रले नियमित रुपमा वडाहरुमा गै रोजगारमेलाको बिषयमा अबगत गराईरहेको छ । रोजगारसुचना केन्द्रले आईतबार हिजो मात्रै भिमदत्त नगरपालीकाका वडा नम्बर २ ,४ ,१५, र वडा नम्बर १८मा रोजगार मेला सम्पन्न गरेको जनाएको छ । वडाहरुमा गरिएको कार्यक्रममा वडामा रहेका बेरोजगारहरु तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।  रोजगार सूचना केन्द्र नेपाल सरकारको मन्त्री परिषद्को निर्र्णय अनुसार सिप विकास तालीम केन्द्र भिमदत्तनगरपालीकामा समाहित रहेको बताउदै कार्यक्रम सञ्चालक भट्टले उक्त मेला सबै वडाहरुमा लैजाने कार्यक्रम रहेको बताएका छन् । उनले वडा नम्बर १९ बाट शुरु भएको मेला वडा नम्बर १ मा पुगेर समाप्त गरिने बताएका छन् ।

प्रतिकृया दिनुहोस