स्थानीय खबर

बेल्डाँडिमा महिला सशक्तीकरण तथा लैङ्गकि हिंसा न्यूनीकरण गोष्ठी सुरु

सोमबार कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेल्डाँडी गाउँपालिका वडा २ द्धारा महिला सशक्तीकरण तथा लैङ्गकि हिंसा न्यूनीकरण सम्बन्धित दुई दिने अभिमुखिकरण गोष्ठी संचालन गरिएको बेल्डाँडी गाउँपालिका अध्यक्षका स्वकीय सचीव कृष्ण रोकायले जानकारी गराउनु भएको हो।

"महिला मैत्री स्थानीय शासन :गाउँ निर्माणमा हाम्रो अभियान भन्ने "मुल नाराका साथ सोमबार देखि उक्त गोष्ठी वडा न.२ ले आयोजना गरेको हो। सो वडामा रहेका महिलाहरुको बाक्लो उपस्थिति रहेको थियोे । महिलाहरु लाई कुनै पनि काम ,कर्तव्य र जिम्मेवारी प्रती सशक्तीकरणका साथै बढ्दै गरेको र महिलाले महिला प्रती गर्ने र समाजिक परम्परामा अझै पनि लैङ्गकि हिंसा चलनचल्तीमा रहेको हुनाले न्यूनीकरण गर्ने मुख्य उद्देश्यले दुई दिने गोष्ठी सुरु गरिएको हो। बेल्डाँडी गाउँपालिका अध्यक्ष धनबहादुर थापा,उपाध्यक्ष कमला देवि कार्की ,वडा न.२ का अध्यक्ष प्रेम खाती लगायत वडा सदस्य ,कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस