स्वास्थ्य

वडा कार्यालयद्वारा सुत्केरीलाई एक हजार प्रोत्साहन भत्ता 

बैतडीको दशरथचन्द नगरपालिका वडा नं ६ को कार्यालयले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने आमाहरुलाई वडा कार्यालयको तर्फबाट एकहजार पाँचसय नगद दिने व्यवस्था गरेको छ । नेपाल सरकारले प्रदान गर्ने सुत्केरी भत्तामा वडा कार्यालयको तर्फबाट सुत्केरी आमालाई सहयोग पुर्याउन थप रकम दिने निर्णय भएको वडा नं ६ का वडा अध्यक्ष गजेन्द्रसिंह रावलले जानकारी दिनुभयो । 
वडा कार्यालयले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने आमाहरुलाई प्रोत्साहन स्वरुप थप रकम दिने निर्णय गरेको हो ।
 संस्थागत सुत्केरीको संख्या बढाउने, मातृमृत्यु र बालमृत्युदरलाई शुन्यमा झार्ने लक्ष्य सहित आफूहरुले सो अभियान शुरु गरेको वडा कार्यालयले जनाएको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने आमाहरुलाई वडा कार्यालयले थप प्रोत्साहन भत्ता दिँदा आमाहरुलाई पोषिलो खानेकुरा किन्न समेत सहज हुने आशा गरिएको छ । वडा कार्यालयले  स्वास्थ्य क्षेत्रमा उत्कृष्ट वडा बनाउन आफूहरुले सो पहल थालेको हो । 

प्रतिकृया दिनुहोस