स्थानीय खबर

कृष्णपुर नगरपालिकाको चौथो नगर सभा सम्पन्न

महेन्द्रनगर,२७ माघ-    कृष्णपुर नगरपालिका, गुलरिया कञ्चनपुरको चौथो नगर सभा तथा विधेयक अधिवेशन सम्पन्न भएको छ ।         नगर सभामा कृष्णपुर नगरपालिकाको समग्र विकास निर्माणका सवालहरु र समसामयिक विषयमा छलफल भएको छ । नगर उपप्रमुख रमिता रानाले चालू आ.व २०७५/७६ को अर्धवार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए ।      
    नगर सभामा नगरपालिकाका नियमित कामहरुलाई प्रभावकारी रुपले सञ्चालन एवम् नियमित गर्नका लागि आवश्यक पर्ने ३ वटा ऐन पारित गरेको नगर प्रमुख कर्ण बहादुर हमालले बताए । सभाबाट पारित भएका ऐनहरुमा विधेयक समिति संयोजक बसन्ती देवि रावलले प्रस्तुत गर्नुभएको कृष्णपुर नगरपालिका न्यायिक समिति कार्यविधि सम्बन्धि ऐन, २०७५, वातावरण तथा विपद व्यवस्थापन समिती संयोजक मोहन बहादुर बस्नेतले प्रस्तुत गर्नुभएको थियो । नगर विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन, २०७५ र सार्वजनिक सेवा तथा क्षमता विकास समिति संयोजक आशुराम 
चौधरीले प्रस्तुत गर्नुभएको कृष्णपुर नगरपालिका संघ सस्था स्थापना तथा दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ रहेका छन् । 
    सभामा कृष्णपुर नगरपालिकाको संगठन  संरचना दरबन्दी समेत प्रस्तुत भई पारित भएका छन ।  त्यसैगरी सभामा हालसम्म सम्पन्न भएका र चालू अवस्थामा रहेका योजना तथा कार्यक्रमहरुको बारेमा समीक्षा गरिएको छ । उक्त सभामा सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य मा.महेश दत्त जोशी र मा.देवराज पाठकले सम्बोधन गरी शुभकामना सहित सुझाव व्यक्त गरेका थिए । नगर सभामा नगरपालिका क्षेत्रको अन्य विकास निर्माण लगायत समसामयिक सवालहरुमा समेत छलफल भएको छ ।  साथै सुदुरपश्चिम प्रदेशले पारित गरेको सेवा सुविधा सम्बन्धी ऐन २०७५ को अधिनमा रही कृष्णपुर नगरपालिकाका नगर प्रमुख र उपप्रमुखको १०/१० लाख अन्य सबै जनप्रतिनिधिहरुको ७ लाख ५० हजारको यात्रा बिमा गरिने र सोका सुविधाका विषयमा प्रदेश सरकार समक्ष अनुरोध गर्ने लगायत विभिन्न नीतिगत निर्णयहरु समेत गरिएको नगर सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजालले बताए ।

प्रतिकृया दिनुहोस