स्थानीय खबर

बृद्धबृद्धालाई फलफुलत वितरण 

महेन्द्रनगर, २७ माघ- रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कञ्चनपुरका बृद्धबृद्धालाई फलफुल वितरण गरेको छ । आइतबार श्रीपञ्जमीका अवसरमा रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा महेन्द्रनगरले रोटेला बृद्धआममा बस्दै आएका बृद्धबृद्धालाई फलफुल वितरण गरेको हो ।
 रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी शाखा महेन्द्रनगरका प्रबन्धक राजेन्द्र प्रशाद भट्टले बिमा कम्पनी रिलायवलको सामाजिक दायित्व अन्र्तरगत समाजिक सेवा गरेको बताए । उनका अनुसार बृद्धबृद्धाहरुलाई फलफुलका साथै मिठाई वितरण गरिएको थियो ।
 साथै बैजनाथ बृद्धआश्रममा दान समेत गरिएको उनले बताए । रिलायवलका शाखा प्रबन्धक भट्टले कम्पनीले फेरी पनि समाजिक काम गर्दै जाने बताए । श्रीपञ्जीका दिन कम्पनीले बृद्धआममा गरेको सहयोगबाट त्यहाँ बस्दै आएका जेष्ठ नागरिक हर्षित भएका थिए । 

प्रतिकृया दिनुहोस