स्थानीय खबर

मानसखण्ड काव्य गोष्ठी सम्पन्न

महेन्द्रनगर, २६ माघ- मानसखण्ड फाउन्डेशन कञ्चनपुरको आयोजनामा भएको मानसखण्ड काव्य गोष्ठी तथा विशेष रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार भिमदत्तनगरमा आयोजीत कार्यक्रम रमेश पन्त मितबन्धुको सभापतित्व तथा सुदुरपश्चि प्रदेशका प्रदेश सभा सदस्य लाल वहादुर खडकाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सु.प.वि का पूर्व डीन डा. टेकराज पन्त,विराटनगरका साहित्यकार गण्डकीपुत्र,साहित्यकार विरवहादुर चन्द,कृष्ण दत्त चटौत,चन्द्रकला पन्त,नारा जोशी,विशिष्ट अतिथी रहेका थिए । उद्घाटन सत्रमा साहित्यकार खेमराज ओझा तथा मधु हमाल लाई सम्मान गरिएको थियो । भने कल्याण ओझा द्धारा लिखित चमेली उपन्यास प्रमुख अतिथी र विशिष्ट अतिथीहरुले विमोचन गरेका थिए ।

कार्यक्रममा उपस्थीत साहित्यकारहरुले समाज परिवर्तनको लागी आफुहरु लागी रहेको बताउदै सरकारले आवश्यक सहयोग नगरेको गुनासो गरे ।उक्त कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सभा सदस्य लालवहादुर खड्काले साहित्यकारहरुले समाज निमार्णका लागी सक्रिय भुमिका निर्वाह गरिरहेको उल्लेख गर्दैे सोका लागी आफु सक्दो सहयोग गर्ने बाचा गरे । कार्यक्रमका सभापति तथा मानसखण्ड फाउन्डेशनका अध्यक्ष रमेश पन्त मितबन्धुले संस्था यहाँका अन्य साहित्यीक संस्थाहरुको समानान्तर संस्था नभई तिनिहरुलाई सहयोग पुगाउने र समाज सेवामा समर्पीत व्यक्तिहरुलाई नागरिक स्तरबाट सम्मान गर्नका लागी गठन भएको कुरा व्यक्त गरे । काव्य गोष्ठीको विशेष सत्र साहित्यकार डम्बर शर्मा बडुको सभापतित्व र गण्डकीपुत्रको प्रमुख आतिथ्यतामा सम्पन भएको छ । विशेष रचना वाचन कार्यक्रममा कविराज भट्ट,जगदीश ओझा,योजना अधिकारी,गण्डकी पुत्र,प्रतिभा भट्ट,कल्याण ओझा,अम्बादत्त जोशी,लिलावती भट्ट,गंगा प्रसाद रिजाल,हरि सिंह राव,धर्मराज जोशी लयागत दर्जनौ स्रष्टाहरुले रचना वाचन गरेका थिए । सो कार्यक्रममा नवलपरासीबाट सितल कृष्ण महाराज,टिका सापकोटा,पुष्पा पाण्डेय,हरिकृष्ण सापकोटा,धनगढी बाट धर्मराज जोशी,हेमराज पाठक,प्रेम प्रकाश कलौनी लगायको उपस्थीती रहेको थियो । कार्यक्रमको सञ्चालन कविराज भट्टले गरेका थिए ।

प्रतिकृया दिनुहोस