अर्थ/वाणिज्य

बैंकर्स क्लव महेन्द्रनगरको अध्यक्षमा शाह

बैंकर्स क्लव महेन्द्रनगरको अध्यक्षमा विकास विक्रम शाह चयन भएका छन् । शुक्रबार सम्पन्न भएको उक्त कार्यक्रममा विकास विक्रम शाहको अध्यक्षतामा १५ सदस्सीय तदर्थ समिति गठन गरिएको छ । तदर्थ समितिको प्रथम उपाध्यक्षमा जगत कुमार महतरा, द्धितीय उपाध्यक्षमा मनोहर गोपाल ठकुराठी, सचिवमा शंकर घिमिरे, सहसचिव लक्ष्मण सिंह चौक्याल, कोषाध्यक्षमा देवेन्द्र के.सी. रहेका छन् । त्यस्तै सदस्यहरुमा खगेन्द्र कुमार साउद, दिपेन्द्र कुमार ऐर, नरेन्द्र चन्द, बामा ओझा, दिपेन्द्र बहादुर सिंह, राजु शर्मा रिजाल, दिनेश सिंह कठायत, तुलसी कुमारी पन्त र रोहित प्रसाद भट्टराई रहेका छन् । 
    शुक्रबार क्लवले पत्रकार सम्मेलन गर्दै बैंक तथा वित्रीय संस्थाहरुमा कार्यरत कर्मचारीहरु तथा बैंकिङ्ग क्षेत्रको सामुहिक समस्या, चुनौती एवं एकताको थलो निर्माण गर्ने उद्देश्यका साथ क्लव गठन गरिएको जनाएको छ । यस क्लवलाई बैंकिङ्ग कर्मचारीहरुको विशुद्ध साझा चौतारी रुपमा राखिएको छ । 
मुनाफा रहित जनहितकारी सामाजिक संस्था, कञ्चनपुर जिल्ला स्थित बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारीहरुबीच आपसी एकता, सद्भावना, भातृत्व शिष्टाचारको भावना अभिबृद्धि गर्ने, सदस्यहरु बीच अनुभव र सीपको आदानप्रदान गर्ने, क्षमता अभिबृद्धिको लागि सहयोग गर्ने, ग्रामिण क्षेत्रहरुमा बैंकिङ्ग क्षेत्रले गर्न सक्ने सहयोगबारे अध्ययन तथा अनुभवको आदान प्रदान गर्ने, वित्तिय साक्षरता तथा बित्तिय समाबेशीकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने, राजनैतिक तथा सामाजिक अन्यौंलका कारण बैंकिङ्ग क्षेत्र तथा कार्यरत कर्मचारीहरुमा हुन सक्ने सम्भावित जोखिमको सामुहिक रुपमा अध्ययन तथा समन्वय गर्ने, स्थानीय स्तरका सामाजिक कार्यहरुमा यस संस्थाका सदस्यहरुको सामुहिक प्रयास मार्फत सहयोग गर्ने सामाजिक उत्तरदायित्व बहन गर्ने खालका कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका उद्देश्यहरु रहेको क्लवका अध्यक्ष विकास विक्रम शाहले जानकारी दिए । 

प्रतिकृया दिनुहोस