स्थानीय खबर

अख्तियारको २८ औं स्थापना दिवसको अवसरमा बृद्धाश्रममा खाद्यान्न तथा फलफुल वितरण 

महेन्द्रनगर, २५ माघ - अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोग कञ्चनपुरले २८ औं स्थापना दिवस भव्यताका साथ मनाएको छ ।

शुक्रबार आयोगले आफ्नो २८ औं स्थापना दिवसको अवसरमा महिला तथा बृद्ध सेवा केन्द्र कञ्चनपुरलाई खाद्यान्न, तेल, मसला, तरकारी, फलफुल वितरण गरेका छन् । आयोगले विगतका वर्षहरुमा पनि बृद्धाश्रममा सहयोग गर्दै आएको छ । महिला तथा बृद्ध सेवा केन्द्र कञ्चनपुरकी अध्यक्ष शारदा चन्दले अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले बृद्धाश्रममा सहयोग गर्नु सराहनिय कार्य भएको बताउदै उनले आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गर्नुभयो । यसरी नै विभिन्न क्षेत्रबाट बृद्धाश्रमलाई सहयोग रहदै आएको उनले बताईन ।  दाताहरुको सहयोगले बृद्धाश्रमलाई अगाडी बढाउनमा टेवा पुगेको उनको भनाई छ ।  


    आयोगको २८ औं स्थापना दिवसको अवसरमा बृद्धाश्रमलाई खाद्यान्न लगायतका सामग्रीहरु सहयोग गर्ने सबैप्रति धन्यवाद दिदै आयोगको उत्तरोत्तर प्रगतिको कामना समेत गरिन ।

प्रतिकृया दिनुहोस