बिज्ञान/प्रबिधि

दोगडाकेदार गाउँपालिकामा मोवाईल एप्स सञ्चालनमा 

आफ्नो कार्यालयका सम्पूर्ण सूचना तथा जानकारी छिटो र सजिलो तरिकाले उपलब्ध गराउने उद्देश्यले  बैतडीको दोगडाकेदार गाउँपालिकाले मोवाईल एप्स संञ्चालनमा ल्याएको छ । गाउँपालिकाले मंगलवारवाट गाउँपालिकाको मोवाईल एप्स सुरु गरेको आईटी अफिसर जनक बहादुर विष्टले बताए । 
यो एप्सबाट गाउँपालिकाका सुचना लगाएत सबै क्रियाकपालहरु हेर्न र पढ्न सकिने भएको छ  । साथै गाउँपालिकाका कामबार बारे सुझाव , सल्लाह पनि एप्सबाटै दिन सकिनेछ   । दोगडाकेदार नामक यो एप्स  डाउनलोड गरेर प्रयोग गर्न सकिने गाउँपालिकाले जनाएको छ । 
 संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यक्रम मार्फत गाउँपालिकामा मोवाईल एप्स  संञ्चालनमा ल्याईएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । यो एप्सले गाउँपालिकाका नागरीकहरुलाई सहज हुने विश्वास गरीएको छ ।
यसैबिच बैतडीको दोगडाकेदार गाउँपालिकाले दुईओटा विद्यालयमा सरसफाईका सामग्री वितरण गरेको छ । दोगडाकेदार गाउँपालिका ६ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय र वडा न. ५ स्थित न्वाली मावि दोलीमा मंगलवार सरसफाईका सामग्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । विद्यालयका विद्यार्थीहरु र विद्यालयको वातावरण सरसफाईमा राख्न सहज होस भन्ने उद्देश्यले सरसफाईका सामग्री वितरण गरिएको हो । 
विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई साबुन कोलगेट देखि लिएर कक्षा ८ देखि सम्म छात्राहरुलाई सेनेटरी प्याड समेत वितरण गरिएको न्वाली स्वास्थ्यचौकीका इन्चार्ज नैनसिंह गोयलाले जानकारी दिए । विद्यालयमा फोहर व्यवस्थापनका लागि डस्टबीन, फोहर जलाउने कन्टेनर, पानी शुद्धीकरणका लागि फिल्टर लगायतका सामग्री वितरण गरिएको छ  । 
नमूनाको रुपमा यो बर्ष गाउँपालिकाका दुई विद्यालयमा सरसफाईका सामग्री वितरण गरिएका र अन्य विद्यालयहरुमा यो कार्यक्रम विस्तार गरिने गाउँपालिकाले जनाएको छ ।सेनेटरी प्याड प्राप्त भएपछि महिनावारी भएको बेलामा समेत सेनेटरी प्याडको प्रयोग गरेर छात्राहरु विद्यालय आउने शिक्षिका दमन्ती नाथले बताईन् । महिनावारी भएको सेनेटरी प्याडको प्रयोग गर्नुपर्ने कुराको बारेमा समेत छात्राहरुलाई जानकारी भएको नाथको भनाई छ ।
सरसफाई सामग्री वितरणका साथसाथै सचेतानमूलक कक्षा समेत सञ्चालन गरिएको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताईन् । 
 

प्रतिकृया दिनुहोस